युरो कप : आज दुई वटा खेल हुने, नकआउटमा पुग्ने अर्को टोलीको टुङ्गो लाग्ला ?

admin

काठमाडौं, ६ असार : आइतबार युरो कप फुटबलमा  समूह ‘ए’ का दुई वटा खेल हुँदैछन् । राति पौने १० बजे हुने खेलमा इटली र वेल्स खेल्दैछन् । इटली यसअघि स्विजरल्यान्ड र टर्कीलाई हराएर अन्तिम १६ मा पुगिसकेको छ । (आज) आइतबार विजयी भएमा इटली समूह विजेता बन्नेछ ।

वेल्सले आइतबारको खेल जितेमा या बराबरीमा रोकिएमा पनि नकआउट चरणमा प्रदेश गर्नेछ । तर आइतबार वेल्स इटलीसँग हारेमा र स्विजरल्यान्डले टर्कीलाई ठूलो अन्तरले हराएमा स्विजरल्यान्ड नै अन्तिम १६ मा पुग्नेछ । आइतबार नै राति पौने १० बजे नै स्विजरल्यान्ड र टर्की खल्दैछन् । स्विजरल्यान्ड १ अङ्कसहित तेस्रो स्थानमा छ भने टर्की अङ्कविहीन हुँदै पुछारमा रहेको छ ।

प्रतिक्रिया