केपी ओली र शेरबहादुर देउवाले महाकाली सन्धीपछि नेपालले पउने ९०० खर्ब तिर्नु पर्छ : भीम उपाध्याय

admin

काठमाडौं, ६ असार : पूर्वसचिव भिम उपाध्यायले महाकाली सन्धीपछि नेपालले पउने रकम प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाले तिर्नुपर्ने बताएका छन् ।

उपाध्यायले सामजिक सञ्जालमार्फत् महाकाली सन्धी गरेको २६ वर्ष पुगेको र अहिले २६ वर्षमा हुने ३१ खर्ब आम्दानी र त्यसको चक्रवर्ति व्याजसहितको हुने रकम गरी ९०० खर्ब अहिले खनखनी गनेर हामी जनतालाई चाहिएको बताएका हुन् ।

उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘महाकाली सन्धी गरेको २६ वर्ष पुग्यो । सन्धी गर्ने नेताहरूले त्यो बेला सन्धी गरेपछि बार्षिक आय रू १ खर्ब २१ अर्ब हुन्छ भनेका थिए । अहिले २६ वर्षमा हुने रू ३१ खर्ब आम्दानी र त्यसको चक्रवर्ति व्याजसहितको हुने रकम गरी रू ९०० खर्ब अहिले खनखनी गनेर हामी जनतालाई चाहियो । आजसम्म फुटीकौडी पाएका छैनौं । अब त्यो सम्झौता गर्ने, गराउन तम्सिदै लिस्नो बन्ने वर्तमान प्रम ओलीजी र तत्कालिन प्रम शेरबहादुर देउबाजीले त्यो ९०० खर्ब तिर्नु परेन ?’

प्रतिक्रिया