मंगलबारदेखि उपत्यकामा निजी सवारी साधन चल्ने

admin

काठमाडौं, ६ असार : काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता लम्ब्याउँदै निजी सवारीसाधन जोरबिजोर प्रणालीबाट सञ्चालन गर्न पाउने भएका छन्।

आइतबार बसेको जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख अधिकारीहरुकाे बैठकले सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरेको हो।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले भने,‘एक साता निषेधाज्ञा थपिएको छ,जोरबिजोर प्रणालीबाट निजी सवारीसाधन चल्न दिने निर्णय भएको छ,बारअनुसार सबै पसलहरु खुल्ने छन्।’ उनका अनुसार यो निर्णय मंगलबार ८ गतेबाट लागू हुने छ। जारी निषेधाज्ञा ७ गते सकिँदै छ।

प्रतिक्रिया