हेलम्बुका बाढी पीडितलाई रोजम्यारी आइडल बोर्डिंग स्कुलद्वारा राहत वितरण

admin

काठमाडौं, ६ असार : सिन्धुपाल्चोक हेलम्बु र मेलम्चीमा बाढी(पहिरोले ठूलो क्षति पुर्‍याएसँगै विस्थापित हुन पुगेकालाई राहत समाग्री वितरण गरिएको छ । यस्तै काठमाडौं तार्केश्वर रोजम्यारी आइडल बोडिङ स्कुलले हेलम्बु गाउँपालिकाका बाढी पहिरो पीडितलाई राहत वितरण गरेको छ ।

राहत सामग्रीमामा एक सय किलो दाल, ५५ बोरा चामल, एक सय प्याकेट चिया, एक सय किलो चीनी, नुन, साबुन, माक्स, स्यानिटाइजर, साथै २५ ओटा सोलार बत्ति लगायतका सामाग्रीहरु वितरण गरेको रोजम्यारी आइडल स्कुलका अध्यक्ष कृष्णहरि महर्जनले जानकारी दिए । उक्त राहत हेलम्बु गाउँपालिकाका अध्यक्ष सुरेश तामाङलाई  हस्तान्तरण गरिएको हो।

बाढीले मेलम्ची घर होटलहरु डुबानमा परेसँगै ठूलो मानविय क्षति भएको अनुमान गर्न सकिन्छ । यद्यपी, बाढी(पहिरोमा परेर मृत्यु भएका र बेपत्ता हुनेको यकिन संख्या अझै पत्ता लागेको छैन ।

प्रतिक्रिया