नेपालमा पनि पुष्टि कोरोनाको ‘डेल्टा’ र ‘अल्फा’ भेरियन्ट

admin

काठमाडौं, ७ असार : नेपालमा कोरोना भाइरस (कोभिड-१९) को थप नयाँ भेरियन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति निकालेर नेपालमा कोरोना भाइरसको थप नयाँ भेरिएन्ट पत्ता लागेको जानकारी गराएको हो ।

बैशाख २६ देखि जेठ २० सम्म देशभरबाट सङ्कलित नमुनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनोट गरी ४८ वटा नमुना विश्व स्वास्थ्य सङ्गठनको नेपालमा रहेको कार्यालय तथा दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयको सहयोग र समन्वयमा भारतको नयाँ दिल्लीमा रहेको आईजीआईबी मा सिक्वेन्सिङका लागि जेठ २६ गते पठाइएको थियो ।

ती नमुनाको जिनोमिक पहिचान गर्दा ४७ जमुनामा डेल्टा भेरियन्ट (बी.१.६१७.२) पुष्टि भएको र एउटा नमुनामा अल्फा भेरियन्ट (बी.१.१.७) पुष्टि भएको मन्त्रालयले जनाएको छ । ४७ वटा डेल्टा भेरियन्ट पुष्टि भएका नमुनामध्ये नौ वटामा थप उत्परिवर्तन के ४१७एन म्युटेशन भेटिएको थियो र यसलाई एवाई.१ नाम दिइएको छ । अहिलेसम्म यो म्युटेशन नेपालसहित विश्वका १० भन्दा धेरै देशमा पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया