पाँचथर, ७ असार : पहिरोसँगै झरेको ढुङ्गाले लागेर जिल्लामा एक जनाको मृ त्यु भएको छ । एक जना घा इते भएका छन् । याङवरक गाउँपालिका–२ लेखेवाका ५८ वर्षीय शिक्षक टेकनाथ धौरालीको पहिरोसँगै आएको ढुङ्गाले लागेर घ टनास्थलमै मृ त्यु भएको प्र हरीले जनाएको छ ।

घ टनामा सोही स्थानका ५२ वर्षीय खड्कबहादुर राई घा इते भएका छन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेकोे छ ।
याङवरक–२ स्थित नुवाखोलाबाट निकालिएको कडरिया सिँचाइ कुलो बनाउने क्रममा करीब ५० मिटर माथि भीरबाट अचानक पहिरो झरेर उनीहरूलाई लागेको जिल्ला प्र हरी कार्यालय पाँचथरका सूचना अधिकारी प्र हरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिनुभयो ।
खेतमा पानी लगाउने सिँचाइ कुलो अप्ठ्यारो ठाउँमा रहेकाले उनीहरू भाग्न नपाएको प्र हरीले जनाएको छ ।