आज छ सय बढ्यो सुनको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, ८ असार : मंगलबार पनि सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा छ सय रुपैयाँले बढेर तोलाको ९१ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । (हिजो) सोमबार चार सय रुपैयाँले बढेर सुनको मूल्य तोलाको ९० हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार मंगलबार तेजाबी सुनको मूल्य समेत बढेर ९० हजार ५०० रुपैयाँ पुगेको छ । यस्तै मंगलबार चाँदी तोलामा पाँच रुपैयाँ बढेको छ । सोमबार १२ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार तोलाको एक हजार तीन सय रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया