‘प्रचण्डले भनेजस्तै भयो, सेटिङ हो कि! फैसलाको सूचना चुहाइयो?’ :नेता महेश बस्नेत

admin

काठमाडौं, ८ असार : नेकपा एमालेका युवा नेता महेश बस्नेतले मन्त्रिपरिषद विस्तारविरुद्धको रिटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेजस्तै आदेश आएको भन्दै सेटिङको आशंका गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले प्रचण्डले विशेष सूचना भन्दै धादिङमा हिजो दिएको अभिव्यक्ति अनुसार नै अदालतको आदेश आएको भन्दै प्रश्न उठाएका हुन्।

‘प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाश कुमार ढुंगानाको संयुक्त इजलासले मन्त्रिपरिषद विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको सुनियो।’

उनले लेखेका छन्, ‘यो फैसला पछाडि आम रुपमा के प्रश्न उठेको छ भने अदालतका फैसलाहरू कि सेटिङमा हुने गर्दछन् कि न्यायालयहरूले सम्भाव्य फैसलाको पूर्वअनुमान खास ठाउँमा दिने गर्दछन्। कि प्रचण्डको भविष्यवाणी स्याल कराउनु कुखुरा हराउनु भएको हो।’

जे भए पनि न्यायालयको बारेमा अहिले भइरहेका गतिबिधि ठीक नभएको उनले उल्लेख गरेका छन्। ‘राजनीति बिग्रँदा अराजकता फैलन्छ र न्यायालय बिग्रँदा जनतामा निराशा प्रकट हुने गर्दछ’, उनले लेखेका छन्, ‘त्यसैले सम्बन्धित सबै गम्भिर हुन आवश्यक छ।’

उनले सर्वोच्चको अन्तरिम आदेशले संसद विघटनलाई सदर गरेको पनि दाबी गरेका छन्। ‘जे होस अन्तरिम आदेशको अन्तर्य हेर्दा प्रधानमन्त्रीले गरेको संसद विघटन गरेर गरेको निर्वाचन घोषणालाई भने स्विकार गरेको देखियो।’ उनले लेखेका छन्।

प्रतिक्रिया