नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या

admin

काठमाडौँ, असार ९ : नेपाल टेलिकम (एनटिसी)का मोबाइल नम्बरमा समस्या देखिएको छ । बुधवार बिहानैदेखि पोष्टपेड र प्रिपेड मोबाइल नम्बरमा फोन नलाग्ने समस्या देखिएको हो । कम्पनीको मोबाइल सेवामा टावर नै नदेखाउने अवस्था रहेको छ भने अन्य कुनै नेटवर्कमा फोन नजाने देखिएको छ ।

नेपाल टेलिकमका एक अधिकारीका अनुसार बुधवार बिहानदेखि नेटवर्कमा एक्कासि समस्या आएको र प्राविधिकहरूले काम गरिरहेको छन् ।

उनका अनुसार समस्या समाधान गर्न केही समय लाग्नेछ । हाल टेलिकमको सिमबाट कुनैपनि नेटवर्कमा सम्पर्क हुन सकेको र हालसम्म समस्या पत्ता लागिनसकेको छैन । कम्पनीको ल्याण्डलाईन तथा मोबाइल नेटवर्क दुवैमा समस्या देखिएको छ ।

प्रतिक्रिया