आज सुनचाँदीको मूल्य घट्यो, कारोबार कतिमा ?

admin

काठमाडौं, ९ असार : बुधबार सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोलामा तीन सय रुपैयाँले घटेर ९० हजार ७ सयमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन तोलाको ९१ हजार रुपैयाँ थियो ।

महासंघका अनुसार बुधबार यता तेजाबी सुनको मूल्य समेत घटेर ९० हजार २०० रुपैयाँमा कारोबार भएको छ । यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदी तोलामा पाँच रुपैयाँले घटेर १२ सय ९५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी तोलाको १३ सय रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया