विभिन्न चराचुरुङ्गी र जनावरको आवाज निकाल्ने चर्चित महिला सन्तोषीको ह’त्या

admin

काठमाडौं, ९ असार : विभिन्न पशुपंछीको आवाज निकालेर सामाजिक सञ्जालदेखि युट्युबमा भाइरल बनेकी एक महिलाको ह’त्या भएको छ । प्रहरीले उनको श’व बुधबार दक्षिणकालीको ट्वाइलेटबाट उठाएको छ । काठमाडौं प्रहरीका प्रमुख एसएसपी अशोक सिंहले दक्षिणकालीमा भेटिएको श’व सामाजिक सञ्जालमा विभिन्न आवाज निकालेर चर्चामा आएकी सन्तोषी सुब्बाको भएको पुष्टि भएको बताएका छन् ।

उपत्यका अपराध महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङका अनुसार घटनालगत्तै त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट फरेन्सिक विज्ञसहितको टोली बोलाएर जाँच गरिएको थियो । प्रहरीले तालिम प्राप्त विशेषज्ञ कुकुर पनि घटनास्थलमा ल्याएको थियो । प्रहरी र चिकित्सकले उनी गर्भवती भएको हुनसक्ने आशंका गरेका छन् । यद्यपि, पोष्टमार्टमपछि मात्रै यसको पुष्टि हुनेछ ।

महानगरीय प्रहरी परिसर, महानगरीय अपराध महाशाखा, कीर्तिपुर वृत्तसहित त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विज्ञसहितको टोली अनुसन्धानमा खटिएको थियो । कीर्तिपुरकी एक महिला हराएको सूचनाका आधारमा केही आफन्त घटनास्थल पुगेका थिए । घटनास्थलमा कुकुरसहितको टोली पुगेको थियो । कुकुरलाई मृतकले लगाएको ज्याकेट सुँघाएर छोडिएको थियो ।

कालो पुलमा छाप्रो हालेर बसिरहेका धनबहादुर तामाङले सन्तोषी सुब्बालाई धर्मछोरी बनाएर राखेका थिए । तामाङसँग प्रहरीले अहिले सोधपुछ गरिरहेको छ । तामाङले सुब्बालाई आफूले सानै उमेरदेखि पालन-पोषण गरेको बताएका छन् । सन्तोषीको क्रुर ढंगले ह’त्या गरेको देखिएको छ । उनलाई सुरूमा घाँटीमा सलले कसिएको देखिएको छ ।

उनको प्राण गएपछि ढुंगाले अनुहारमा हिर्काएर चिन्नै नसक्ने बनाइएको छ । ह’त्या सोमबार भएको हुनसक्ने अनुमान गरिएको सिंहले बताएका छन् । उनलाई त्यहाँसम्म कसैले लगेर योजनापूर्वक नै ह’त्या गरेको देखिएको एसएसपी सिंहले बताए । श’व फेला परेको दिन मंगलबार स्थानीय कसैले पनि उनको सनाखत गर्न सकेनन् । ह’त्याको कारण खुलेको छैन । सुब्बा अविवाहित हुन् ।

ह’त्या कसले गर्‍यो भन्ने पत्ता लाग्न सकेको छैन । एसएसपी सिंहका अनुसार महिलाले बोक्ने गरेको मोबाइल नम्बर पत्ता लागिसकेको छ । यसबाट उनीसँग सम्पर्कमा रहने व्यक्ति खुल्ने छ । बाँकी, फरेन्सिक विज्ञ टोलीले पोस्टमार्टम रिपोर्टबाट गर्भबारे यकिन गरेपछि ह’त्याको कारण पत्ता लाग्ने बताएका छन् । घटना अनुसन्धानमा महाशाखा र महानगरीय प्रहरी परिसरको टोली सक्रिय छ । अनुसन्धानमा भएको प्रगतिबारे परिसरले आधिकारिक रूपमा बताइसकेको छैन ।

प्रतिक्रिया