राजस्व विभागका तत्कालीन महानिर्देशकसहित तीन जनाविरुद्ध एक अर्ब ३३ लाखको भ्रष्टाचार मुद्दा दायर

admin

काठमाडौं, ९ असार : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मासहित तत्कालीन कर फर्छ्योट आयोगका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगका पदाधिकारीले कानुन विपरीत एक अर्ब ३३ लाख २० हजार पाँच सय ८५ रुपैयाँ कर छुट दिएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

तत्कालीन कर फर्छ्योट आयोगका पदाधिकारीले व्यक्तिगत लाभ हुने तथा राज्यलाई नोक्सानी पुर्‍याएको पुष्टि हुन आएकाले तत्कालीन अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकाल र चूडामणि शर्मा ढकालविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया