चट्याङ लागेर बुबाको मृत्यु, छोरी र नातिनी घाइते

admin

काठमाडौँ, असार ९ : चट्याङ लागेर दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरी बास्तलाका ६९ वर्षीय अगमबहादुर राईको मृ त्यु भएको छ । आफ्नै घरमा चिया पिइरहेका समयमा आज परेको चट्याङले उनको घटनास्थलमै मृ त्यु भएको हो ।

चट्याङले राईकी छोरी ४५ वर्षीया तारा र नातिनी १४ वर्षीया रचना बेहोश भएको स्थानीय बासिन्दा नारायण राईले जानकारी दिए । घाइते दुवैको सामान्यावस्था रहेको जनाइएको छ ।

घ टनास्थलमा इलाका प्र हरी कार्यालय खोटाङबजार र अस्थायी प्र हरी चौकी छितापोखरीबाट प्र हरी खटिएको जिल्ला प्र हरी कार्यालयका प्रमुख प्र हरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताए । श व परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याउने तयारी गरिएको जनाइएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा च ट्याङबाट जोगिन विभिन्न ठाउँमा अर्थिङ जडान गरिएको छ । चट्याङको उच्च जोखिममा रहेको खोटाङमा हरेक वर्ष जनधनको क्षति भएपछि नियन्त्रण गर्न स्थानीय तहले विभिन्न ठाउँमा अर्थिङ जडान गरेका हुन् ।

प्रतिक्रिया