देशभरको मौसम बदली, गण्डकी र लुम्बिनीमा वर्षा

admin

काठमाडौं, १० असार : गण्डकी र लुम्बिनीका केही ठाउँमा पानी परेहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ तथा वाग्मती र कर्णालीका थोरै ठाउँमा पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी र लुम्बिनीमा गएरातिदेखि नै लगातार पानी परेको हो ।

यस्तै अहिले काठमाडौं उपत्यकाका केही ठाउँमा घाम लागेको छ । बिहीबार दिउँसोपख देशभरको मौसम बदली हुने पूर्वानुमान रहेको महाशाखाका मौसमविद् बरुण पौडेलले बताए । मौसम बदलीपछि प्रदेश एक, वाग्मती, गण्डकी र लुम्बिनीका धेरै ठाउँमा पानी पर्ने महाशाखाको अनुमान छ ।

एक दुई ठाउँमा मेघगर्जन र चट्टयाङसहित ठूलो पानी पर्ने भएकाले सर्तकता अपनाउन महाशाखाका मौसमविद् पौडेलले आग्रह गरेका छन् । उनका अनुसार प्रदेश दुई, कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बिहीबार राति पनि वाग्मती, गण्डकी र लुम्बिनीका एक/दुई ठाउँमा मेघगर्जन र चट्टयाङसहित ठूलो पानी पर्ने सम्भावना छ ।

प्रतिक्रिया