‘क. प्रचण्ड’ अलंकारका क्रान्ति नामको भ्रान्तीको हास्यास्पद पर्दाफास : नेता बस्नेत

admin

काठमाडौं, ११ असार : नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को इतिहासको क्रान्तिको नाममा भएको भ्रान्तीको पर्दाफास भएको बताएका छन् । यता अध्यक्ष दाहालले प्रधानमन्त्री तथा केपी शर्मा ओली बाम्पन्थी भएनन्, देउवा दक्षिणपन्थी रहेनन्, राष्ट्रपति भन्दा राजा नै राम्रो भनि पछिल्लो समय पटक अभिव्यक्ति दिएरहेका छन् ।

विपक्षी गठवन्धनको (हिजो) बिहीबार भएको पत्रकारहरुसँगको कुराकानीमा अध्यक्ष दाहालले वर्तमान प्रधानमन्त्री केपी ओली तथा राष्ट्रपति विद्यादेवी भण्डारीभन्दा कयौं गुणा राजाको उचाई भएको भनि अभिव्यक्ति दिएका थिए ।

सोही प्रसंगमा नेता बस्नेतले सामाजिक सञ्जालमार्फत् दाहालको क्रान्तिको नामको मखुण्डो उत्रिएको बताएका छन् । दाहालको अलंकारका क्रान्तिको नाममा भ्रान्तीको हास्यास्पद पर्दाफास भएको भन्दै नेता बस्नेतले पुष्पकमल नामक विदुषकको छदम फुर्ती लगाएको भन्दै आक्रोश जनाएका छन् ।

प्रतिक्रिया