आज २ हजार ४ सय ७६ जनामा कोरोना पुष्टि, थप २७ जनाको ज्यान गयो

admin

काठमाडौं, ११ असार : शुक्रबार देशभर १४ हजार तीन सय ५१ जनाको नमुना परीक्षण गर्दा दुई हजार चार सय ७६ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नौ हजार पाँच सय ८६ जनाको आरटी-पीसीआर परीक्षणमा एक हजार सात सय २१ जनामा संक्रमण भएको पाइएको छ भने चार हजार सात सय ६५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा सात सय ५५ जनामा संक्रमण भएको पाइएको हो ।

बितेको २४ घण्टमा नमुना परीक्षण गरिएकामध्ये १७ दशमलव २५ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । शुक्रबार संक्रमण पुष्टि भएकासहित अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ३१ हजार एक सय ५२ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३० हजार ६ सय ८९ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै बितेको २४ घण्टामा पाँच हजार चार सय ५५ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या पाँच लाख ७६ हजार चार सय १३ पुगेको छ । अहिले निको हुने दर ९१ दशमलव ३ प्रतिशत पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा र प्राप्त विवरणसहित कोरोना संक्रमणका कारण २७ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या आठ हजार नौ सय ४५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया