सिन्धुपाल्चोकवासीलाई सहयोग गर्न खडा गरे कलाकारहरुले कोष

admin

काठमाडौं, ११ असार : सिन्धुपाल्चोकको इन्द्रावती नदीका बाढी पीडितलाई सहायता उपलब्ध गराउन र भत्किएको संरचना पुनर्निर्माण गर्न कलाकारहरूको पहलमा ‘सिन्धु सहयोग कोष’ गरिएको छ । बिहीबार बत्तीसपुतलीमा आयोजित कलाकारहरूको बृहत् भेलाले कोष स्थापनाको घोषणा गर्दै आर्थिक सहयोगका लागि अपिल गरेको हो ।

अभिनेता कृष्ण मल्ल संयोजक र अभिनेत्री करिश्मा मानन्धर सह संयोजक रहेको कोषमा पहिलो दिनमा नै ३२ लाखभन्दा बढी रकम सङ्कलन भएको छ । सङ्कलन भएको उक्त रकम चाँडै बैङ्कमा खाता खोलेर राखिने मल्लले बताएका छन् ।

कोषमा मल्ल र मानन्धरसँगै जितु नेपाल, चेतन सापकोटा, गोपालकाजी कायस्थ, जनक दीप पराजुली, किरण केसी, सुभाष खड्का, भुवन केसी, सुरेन्द्र केसी, दीपाश्री निरौला, शिवहरी नेपाल, मदनदास श्रेष्ठलगायतले आर्थिक सहयोग गरेका छन् । कोषका कोषाध्यक्ष जितु नेपालले सिन्धुपाल्चोकको समस्यामा सबै एकजुट हुनुपर्ने बताउँदै स्वतःस्फूर्त सहयोगको अपिल गरेका छन् ।

प्रतिक्रिया