माथिल्लो तामाकोशी : केही ठाउँमा विद्युत कटौती हुन सक्ने

admin

काठमाडौं, १२ असार : ४ सय ५६ मेगावाट क्षमताको माथिल्लाे तामाकोशी जलविद्युत आयोजनालाई (भोलि) आइतबारदेखि राष्ट्रिय प्रशारण लाइनमा जोडिने भएको छ । ४ सय ५६ मेगावाटमध्ये ७६ मेगावाट क्षमताको पहिलो युनिटबाट विद्युत उत्पादनको परीक्षण गरिने आयोजनाका सीईओ विज्ञान प्रसाद श्रेष्ठले जानकारी दिए ।

अहिले पनि केही काम भइरहेको र जुनसुकै बेला परीक्षण हुन सक्ने भएकाले सतर्कता र सुरक्षाको लागि सूचना प्रकाशन गरिएको उनले बताए । आइतबारदेखि १९ गतेसम्म जुनसुकै बेला परीक्षण उत्पादन हुन सक्ने श्रेष्ठको भनाइ छ ।

यो कामको लागि खिम्ती–लामोसाँघु १३२ केभीको लाइन बन्द हुने र यसका कारण ढल्केबरदेखि कोहलपुरसम्मका सबस्टेशनबाट वितरित विद्युत केही समय कटौती हुन सक्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

माथिल्ला तामाकोशी जलविद्युत आयोजनाको विद्युत उत्पादनको मिति पटक-पटक तोकिँदै आए पनि काम सम्पन्न नहुँदा स्थगित हुँदै आएको छ ।

प्रतिक्रिया