कांग्रेस सभापति देउवाले बोलाए शीर्ष नेताहरुको बैठक

admin

काठमाडौं, १२ असार : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुको बैठक बोलाएका छन्।

क्रियाशील सदस्यताको विवाद टुंग्याउनका लागि शीर्ष नेताहरुको बैठक बोलाइएको देउवानिकट स्रोतले जानकारी दियो। शीर्ष नेताहरुको बैठक आइतबार दिउँसो २ बजे बस्ने गरी पार्टी केन्द्र कार्यालय सानेपामा बोलाइएको हो।

क्रियाशील सदस्यका रुपमा सूचीकृत ८ लाखमध्ये करिब ३ लाख सदस्यका बारेमा विवाद छ । सूचीकृत नामकाबिरुद्धमा कयौं उजुरी र गुनासा दर्ता भएको समितिले जनाएको छ। प्रदेश २ का ८ जिल्लासहित मोरङ र सुनसरीबाट धेरै उजुरी परेका छन्।

पार्टी भित्रको विवादले सिन्धुपाल्चोक, बारा र बर्दियाबाट हालसम्म क्रियाशील सदस्य सूचीकृत हुन सकेका छैनन्। ५० जिल्लाको क्रियाशील सदस्य छानबिन समितिले टुङ्गो लगाएको छ।

२४ जिल्लाका क्रियाशील सदस्य छानबिन गर्न बाँकी छ। ती मध्ये १५ जिल्लाबाट परेका उजुरी गम्भीर प्रकृतिको भएको समितिले जनाएको छ। क्रियाशील सदस्यका लागि सूचीकृत सदस्यकाविरुद्ध परेका उजुरी टुंग्याउन मापदण्ड बन्ने पनि जनाइएको छ।

प्रतिक्रिया