नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै

admin

काठमाडौं, असार १३ : नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ। अध्यक्ष केपी शर्मा ओलीले बिहान ९ बजे बालुवाटारमा स्थायी कमिटी बैठक बोलाएका हुन्।बैठकमा समसामयिक विषयमा छलफल हुने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

नेकपा एमालेमा पछिल्ला केही हप्तायता पार्टीभित्रको आन्तरिक विवाद मिलाउने प्रयास भइरहेको छ। विवाद अन्त्यका लागि विभिन्न तहमा वार्ता र छलफल भइरहेका छन्। पार्टी एकीकरणका लागि माधव नेपाल पक्षले पार्टीको सांगठनिक स्वरुप २०७५ जेठ ३ पूर्वको अवस्थामा हुनुपर्ने बताउँदै आएको छ।

ओलीले भने कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने गरी संसद पुनर्स्थापनाको माग गर्दै सर्वोच्चमा दायर रिटबाट नाम फिर्ता लिनुपर्ने सर्त अगाडि सारेको छ।

प्रतिक्रिया