हिरासतबाट छुटाइ दिन्छु भनेर ६० हजार घुस लिएका प्रहरी जवानविरुद्ध मुद्दा दायर

admin

काठमाडौं, १३ असार : इलाका प्रहरी कार्यालय सीतागञ्ज सुनसरीका प्रहरी जवान कासिन्दर यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

यादव विरुद्ध ६० हजार रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बताएका छन् । हिरासतमा रहेको व्यक्तिलाई छुटाइ दिन्छु भनेर सेवाग्राहीसँग ६० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको प्रवक्ता रिसालले बताए ।

यादवले इलाका प्रहरी कार्यालय सितागञ्जमा परेको उजुरी मिलाइ दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस रकम मागेको भन्ने सूचना र उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिइ गएको टोलीले उनलाई घुसबापतको रकमसहित पक्राउ गरेको थियो ।

प्रतिक्रिया