आज तीन हजार सात जना कोरोनामुक्त, ज्यान गुमाउनेको संख्या ९ हजार नाघ्यो

admin

काठमाडौं, १३ असार : आइतबार नेपालमा एक हजार नौ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा कोरोना संक्रमण पुष्टि भएकामध्ये काठमाडौं उपत्यकाका चार सय २४ जना रहेका छन् ।

बितेको २४ घण्टामा काठमाडौंमा दुई सय ९१, भक्तपुरमा ३२ र ललितपुरमा एक सय जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अहिले देशभर ४० हजार तीन सय ३६ जना सक्रिय संक्रमित छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण पौडेलका अनुसार यो अवधिमा तीन हजार सात जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । यस्तै बितेको २४ घण्टामा थप ३४ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या नौ हजार नौ पुगेको छ ।

प्रतिक्रिया