एक किलो गाँजासहित किशोरी पक्राउ

admin

उदयपुर,  असार १३ : उदयपुरमा प्रह रीले लागुपदार्थको कारोबारमा सँलग्न एक किशोरीलाई प क्राउ गरेको छ । प क्राउ पर्ने भोजपुर हतुवागढी गाँउपालिका ४ की १८ वर्षीया सुजाता मग्राती हुन् ।

उनलाई आज अपरान्ह ४ बजेतिर उदयपुरको बेलका नगरपालिका ८ कोठुबाट प क्राउ गरिएको हो । उनले जेब्रा झोलामा प्लास्टिकले बेरेर करिब एक किलोग्राम गाँजा बोकेकी थिइन् ।

प्रह रीले उदयपुरमा लागू पदार्थको ओसारपसारमा महिलाहरुको सहभागिता बृध्दि हुँदै गएको निष्कर्ष निकालेपछि चनाखो बन्दै आएको छ । इलाका प्र हरी कार्यालय रामपुरठोक्सिलाको हिरासतमा रहेकी मग्रातीबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया