आज दुई हजार ४ सय ४४ जनामा संक्रमण पुष्टि हुँदा तीन हजार ८ सय ५३ जना कोरोनामुक्त

admin

काठमाडौं, १४ असार : सोमबार नेपालमा दुई हजार चार सय ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ६ हजार ६ सय ४८ जनाको पीसीआर परीक्षण गर्दा एक हजार पाँच सय नौ जना र चार हजार नौ सय ९२ जनाको एन्टिजेन परीक्षण गर्दा नौ सय ३५ जना गरी दुई हजार चार सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ३५ हजार एक सय ८८ जना र एन्टिजेन परीक्षणमा ३३ हजार ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै बितेको २४ घण्टामा तीन हजार आठ सय ५३ जना कोरोना संक्रमणबाट मुक्त भएसँगै निको हुनेको संख्या पाँच लाख ८८ हजार एक सय ८७ पुगेको छ ।

अहिले नेपालमा ३७ हजार नौ सय ५० जना सक्रिय संक्रमित छन् । यस्तै कोरोना भाइरसको संक्रमणबाट थप ४२ जनाको ज्यान गएसँगै अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या नौ हजार ५१ पुगेको छ ।

प्रतिक्रिया