पक्राउ परेका सपना रोका मगरसहितका १७ अभियन्ता रिहा

admin

काठमाडौं, १४ असार : सार्वजनिक जग्गा कब्जा गरेको आरोपमा काठमाडौंको अनामनगरबाट प क्राउ परेका हाम्रो टीम नेपालका १७ जना अभियन्ता ६ घण्टापछि बेलुका रिहा भएका छन् ।

अभियन्ता सपना रोका मगरसहित सबैजनालाई प्र हरीले प क्राउ गरेर भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लबमा राखेको थियो । सपना बीबीसीको संसारकै प्रभावशाली महिलाको एकसय जनाको सूचीमा समावेश भएकी थिइन् ।

रिहा भएपछि मिडियासँग कुरा गर्दै सपनाले सार्वजनिक हितमा काम गर्दा प क्राउ गर्ने काठमाडौं महानगरको कार्यले आफूलाई निरुत्साहित तुल्याएको बताइन् ।

समाजसेवीलाई सहयोग गर्न उनको आग्रह छ । महानगरपालिकासँग समन्वय नगरी सार्वजनिक जग्गा मिचेको भन्दै उनीहरुलाई सोमबार बिहान ११ बजे प क्राउ गरिएको थियो ।

प्रतिक्रिया