आज चार हजार ३ सय ४८ जना कोरोनामुक्त, थप २० जनाको ज्यान गयो

admin

काठमाडौं, १५ असार : मंगलबार देशभर दुई हजार ६ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सात हजार दुई सय ५९ जनाको पीसीआर परीक्षण गर्दा एक हजार सात सय २८ जना र चार हजार चार सय ८९ जनाको एन्टिजेन परीक्षण गर्दा नौ सय आठ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा अहिलेसम्म पीसीआर विधिमार्फत गरिएको परीक्षणमा ६ लाख ३६ हजार नौ सय १६ जना र एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा ३३ हजार नौ सय ४१ जनामा कोरोना पुष्टि भएको छ । यस्तै बितेको २४ घण्टामा चार हजार तीन सय ४८ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै अहिलेसम्म नेपालमा पाँच लाख ९२ हजार ५ सय ३५ जना संक्रमणमुक्त भइसकेका छन् ।

नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९३ प्रतिशत पुगेको छ । बितेको २४ घण्टामा र प्राप्त विवरणसहित कोरोनाबाट थप २० जनाको ज्यान गएको छ । योसँगै अहिलेसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या नौ हजार ७१ पुगेको छ । अहिले नेपालमा ३५ हजार तीन सय १० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया