स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई हदैसम्म कारवाही गर्न चिकित्सक संघको माग

admin

काठमाडौँ, १५ असार : नेपाल चिकित्सक संघले दोलखाको तामाकोशी गाउँपालिकास्थित कोभिड – १९ अस्पतालमा कार्यरत चिकित्सकलगायत स्वास्थ्यकर्मीमाथि भएको आ क्रमणको निन्दा गरेको छ ।

तामाकोशी गाउँपालिकाको मालुस्थित कोभिड–१९ अस्पतालमा कार्यरत डा. रोबिस कार्की लगायतका स्वास्थ्यकर्मीहरुमाथि हा तपात, अ भद्र व्यवहार र ज्यान मा र्ने ध म्कि दिईएको घ टनाप्रति संघले ध्यानाकर्षण भएको जनाएको हो ।

‘कोभिड–१९ को महामारीमा आफ्नो ज्यानको बाजी लगाउँदै स्वास्थ्य सेवा प्रवाहमा निरन्तर खटिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथी यसरी हातपात हुनु अझ ज्या न नै लिने भनी अमानवीय व्यवहार प्रदर्शन गर्नु निन्दनीय र क्रूर घ टना हो । यसको जति निन्दा गरे पनि कमै हुन्छ ।’ संघका महासचिव डा. बद्री रिजालद्वारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उक्त घ टनामा संलग्न व्यक्तिहरुलाई प क्राउ गरेर थुनामा राखी प्र हरीले अनुसन्धान कार्य अगाडि बढाईरहेको संघले जनाएको छ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको ऐन २०७८ बमोजिम अनुसन्धान कार्यलाई थप प्रभावकारी र दोषीलाई हदैसम्म कारवाही गरेर चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको मनोबल उच्च पार्न संघले सम्बन्धित सबैमा माग गरेको छ।

प्रतिक्रिया