किर्ते कागजात बनाई सवारी कारोबार गर्ने गिरोह पक्राउ

admin

काठमाडौँ, १५ असार : महानगरीय प्र हरी अपराध महाशाखाले सवारीसाधनको किर्ते कागजात बनाउने गिरोहलाई प क्राउ गरेको छ। महानगरीय प्र हरी अपराध महाशाखाको टोलीले भन्सार छलेर ल्याएका सवारी साधनका नक्कली सवारी दर्ता किताबसमेत तयार गरी कारोबार गर्ने चार जनाको गिरोहलाई पक्राउ गरेको हो।

ग३च १४६२ र प्रदेश ३-०१०२४ च ०२५३ नम्बर प्लेटको हुण्डाई कम्पनीको क्रेटा गाडीहरू भन्सार छली काठमाडौं ल्याई ती सवारीसाधनको नक्कली सवारी दर्ता किताबलगायत कागजात तयार गरी कारोबार गर्ने कमल बाबु पुरी भनिने लमजुङ सुन्दरबजार नगरपालिका वडा नं. ३ घर भई काठमाडौंको सामाखुसी बस्ने कमलबाबु भट्टलाई महानगरीय अपराध महाशाखाको टोलीले प क्राउ गरेको हो।

प क्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ८ बस्ने अरुण खड्का र भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. २ बस्ने मधु सिलवाल पनि रहेका महानगरीय अपराध महाशाखा प्रमुख चन्द्र कुवेर खापुङले बताए।

त्यस्तै गाडीमा फेला परेको कमलबाबु पुरीको नामको नक्कली सवारी दर्ता किताब तयार गर्न संलग्न रहेका मोरङ बयरबन घर भई काठमाडौंको शान्तिनगरमा बस्ने रेवती रमन निरौलालाई पनि प्र हरीले प क्राउ गरको छ।

निरौलाको कोठाबाट विभिन्न व्यक्तिहरूको नाममा रहेको शैक्षिक प्रमाणपत्र, सरकारी कार्यालयका छापहरू, होलो ग्राम, लाइसेन्स, राहदानीलगायत सरकारी लिखितहरू समेत बरामद भएका महाशाखा प्रमुख खापुङले बताए। प क्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको महानगरीय अपराध महाशाखा प्रमुख चन्द्र कुवेर खापुङले बताए।

प्रतिक्रिया