सरकारविरुद्ध विरोधमा उत्रिएका तीन जना नेता पक्राउ

admin

काठमाडौँ, १५ असार : सरकारको वि रोध गर्दै राँके जुलुस निकालेका नेपाल विद्यार्थी संघका तीन नेताहरु प क्राउ परेका छन्। उनीहरुलाई मंगलबार साँझ काठमाडौंको पब्लिक युथ क्याम्पसबाट नियन्त्रणमा लिइएको नेविसंघका महामन्त्री दीपक भट्टराईले जानकारी दिए।

‘अधिनायकवादी र स्वेच्छाचारीको विरुद्धमा हामीले आन्दोलन गरेका थियौँ’, भट्टराईले भने, ‘यही क्रममा साथीहरुलाई पक्राउ गरी सोह्रखुट्टे प्रहरी चौकीमा लगियो।’


प्र हरीले सागरबाबु भट्ट, सागर खत्री र प्रज्वल अधिकारीलाई प क्राउ गरेको हो। उनीहरुलाई बिनाशर्त तत्काल रिहाइ गर्न भट्टराईले माग गरेका छन्।

प्रतिक्रिया