अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा आगलागी, ४ जना कामदार घाइते

admin

काठमाडौँ, १५ असार : काठमाडौंको पानीपोखरीस्थित अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा आगलागी हुँदा चार जना कामदार घा इते भएका छन् । अस्पतालको नवनिर्मित भवनमा मंगलबार दिउँसो आगलागी भएको महाराजगञ्ज प्र हरीले जनाएको छ ।

भवनमा बिद्युत वाइरिङ गर्ने क्रममा आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । आगलागीमा परि घाइते चार जना कामदारको शिक्षण अस्पतालमा उपचार गरिएको छ ।

आगो सेना प्रहरी लगाएतले आधा घण्टामा नियन्त्रणमा लिएको थियो । अस्पतालमा बिद्युतको काम गरिरहेका कामदारले बिद्युत वाइरिङ गर्ने क्रममा आगलागी भएको जानकारी दिएका छन् । आगलागीबाट भएको क्षतीको पूर्वबिबरण भने आएको छैन ।

प्रतिक्रिया