एमालेले दशाैं आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रूपान्तरण गर्ने

admin

काठमाडौँ, १५ असार : नेकपा एमालेले महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको छ ।

बालुवाटारमा मंगलबार साँझ बसेको एमाले स्थायी कमिटी बैठकले महाधिवेशन आयोजक कमिटीलाई जेठ २ को अवस्थाको केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप कुमार ज्ञवालीले जानकारी दिनुभयो ।

बैठकले सो केन्द्रीय कमिटीको बैठक आगामी असार १८ गतेका लागि बोलाउने निर्णय समेत गरेको छ ।बैठकले नेपालको पछिल्लो राजनीतिक अवस्था गम्भीर र संकटपूर्ण देखिएको निष्कर्षसमेत निकालेको ज्ञवालीले जानकारी दिनुभयो ।

यद्यपि, बुधबारका लागि बोलाइएको महाधिवेशन आयोजक कमिटी बैठक भने नरोकिने ज्ञवालीले बताउनुभयो । १८ गते बस्ने केन्द्रीय कमिटी बैठकमा माधव नेपाल पक्षका केन्द्रीय सदस्यहरुलाई पनि आमन्त्रण गरिने बताइएको छ ।

प्रतिक्रिया