संक्रमण जोखिमका कारण देशका यी ६८ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा (विवरणसहित)

admin

काठमाडौं, १६ असार : देशका ६८ जिल्लामा कोरोना संक्रमण जोखिमका कारण पूर्ण तथा आंशिक निषेधाज्ञा कायमै रहेको छ । काठमाडौं उपत्यकामा पछिल्लो पटक केही खुकुलो बनाउँदै एक हप्ता निषेधाज्ञा थप भएको छ । उपत्यकामा जोर बिजोर आधारमा २५ सिट माथिका ठूला गाडी चल्न थालेका छन् । गएको बैशाख ७ गतेदेखि निषेधाज्ञा लागू हुन थालेको हो ।

उपत्यकामा बैशाख १६ गतेदेखि निरन्तर निषेधाज्ञा छ । यस्तै रामेछाप र स्याङजामा निषेधाज्ञा थप भएको छ । निजी तथा सार्वजनिक गाडी जोर बिजोर चल्ने गरी असार २२ गतेसम्म निषेधाज्ञा थप भएको रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैँजुले बताएका छन् । त्यस्तै स्याङ्जामा असार २५ गतेसम्म निषेधाज्ञा थप गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सूचना निकालेर निषेधाज्ञा आउँदो असार २५ गतेसम्म कायम रहेको जानकारी गराएको छ । गृह मन्त्रालयको पछिल्लो विवरण अनुसार संखुवासभामा (आज) बुधबार राति निषेधाज्ञा सकिँदैछ भने सुर्खेत, चितवन, रुकुम पूर्व र पश्चिम, दैलेख, मुगु, हुम्ला, लमजुङ र भोजपुरमा (भोलि) बिहीबार सकिँदैछ ।

प्रतिक्रिया