आज पाँच वटा फाइनान्सको शेयर झण्डै १० प्रतिशतले बढ्यो

admin

काठमाडौं, १६ असार : बुधबार शेयर बजार परिसूचक नेप्से सामान्य घटेको छ । नेप्से चार दशमलव १३ अङ्कले घटेर दुई हजार आठ सय २३ दशमलव ८७ विन्दुमा झरेको छ । बुधबार बैंकिङ समूहका शेयर चार अङ्कले, व्यापारको २२ अङ्कले, होटल समूहको ५०, माइक्रो फाइनान्सको ४७, जीवन बीमा समूहको एक सय १२ र लगानी समूहको शेयर एक सय पाँच अङ्कले घटेको छ ।

यस्तै विकास बैंक, जलविद्युत्, फाइनान्स, निर्जीवन बीमा, उत्पादन र अन्य समूहको शेयर भने बढेको छ । दुई सय २० कम्पनीका एक करोड ६२ लाख कित्ता शेयर पाँच अर्ब ८३ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै नेपाल इन्स्योरेन्स कम्पनीको ३० करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

बुधबार एचआईडीसीएलको शेयर सबैभन्दा धेरै चार प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि पोखरा फाइनान्स, सेन्ट्रल फाइनान्स, नेपाल फाइनान्स, मल्टिपर्पोज फाइनान्स र प्रोग्रेसिभ फाइनान्सको शेयर मूल्य झण्डै १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया