विपक्षी गठबन्धनका विद्यार्थीले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाए

admin

काठमाडौँ, १६ असार : विपक्षी गठबन्धनका विद्यार्थी संगठनले काठमाडौंमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको पुत्ला जनाएका छन् ।

बुधबार विपक्षी गठबन्धन निकट विद्यार्थी संगठनले बबरमहलमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् ।

असंवैधानिक ढंगले प्रतिनिधिसभा पटकपटक विघटन भएको भन्दै आन्दोलित भएका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका विद्यार्थी संगठनले प्रदर्शन र पुत्ला जलाएका हुन् ।

प्रतिक्रिया