काठमाडौंमा असार २२ देखि भेरोसेल खोप लगाइने, कुन–कुन ठाउँमा लगाइन्छ ?

admin

काठमाडौँ, १६ असार : काठमाडौंमा असार २२ देखि कोरोनाविरुद्धको भेरोसेल खोप लगाइने भएको छ ।

गत जेठ २५ गतेदेखि भेरोसेलको पहिलो मात्रा लगाएका व्यक्तिहरुलाई दोस्रो मात्रा लगाउन लागिएको बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

खोप काठमाडौं महानगरपालिकाको १३ स्थान, नगरपालिकाहरु कागेश्वरी मनोहराको २ स्थान, तारकेश्वरको २ स्थान, दक्षिणकालीको १ स्थान, बूढानीलकण्ठको २ स्थान, गोकर्णेश्वरको २ स्थान, टोखाको दुई २ थान, नागार्जुनको २ स्थान, चन्द्रागिरीको २ स्थान र शंखरापुरको २ स्थानमा लगाइनेछ । खोप बिहान १ देखि ४ बजेसम्म स्वास्थ्य मापदण्ड पालना गरेर लगाइनेछ ।

 

प्रतिक्रिया