विभेद विरुद्ध काठमाडौं माइतीघरमा खबरदारी

admin

काठमाडौं, १७ असार : जनता समाजवादी पार्टीको शिल्पी विशेष राष्ट्रिय समितिले देशभर भइरहेको जातीय छुवाछूत विरुद्ध काठमाडौंको माइतीघर मण्डलामा जातीय विभेद विरुद्ध खबरदारी कार्यक्रम सम्पन्न भएकोछ।

संचारकर्मी रूपा सुनारले आफुबस्न नयाँ डेरा खोज्ने क्रममा काठमाडौं बबरमहलस्थित सरस्वती महर्जनको घरमा पुगिन घरबेटीसँगको सुरुवाती वार्तामा उत्साहित भएको भएता पनि रुपा दलित भएकै कारण सरस्वतीका ९० बर्षकी सासूआमा वृद्धभएको र दलितलाई कोठा दिदा आमालाई समस्या हुनेभो भन्दै घरबेटीको कोठा दिन नमिल्ने भनेपछि आफू अपमानित भएको भन्दै सामाजिक संजालमा दुख पोखाएकि थिइन् ।

त्यसपछी रुपाका शुभचिन्तक र दलित अभियान्ताको साथ सहयोग पाउने आसा पलाए पछि रुपाले आफुमाथि जातीय भेदभाव तथा छुवाछूत जन्य व्यवहार भएको भन्दै सरस्वती प्रधानले गरेको अपराधका विरुद्धमा प्रहरीमा उजुरी गरिन् । उनको उजुरीका आधारमा महानगरीय प्रहरी कार्यालय सिंहदरवारबाट असार ३ गते प्रधानलाई प क्राउ गरेको थियो ।

सरस्ती प्रधानको कसुर अनुसार नीजलाई “मुलुकी अपराध (संहिता) ऐन, २०७४ को भाग–२ परिच्छेद १० भेदभाव तथा अन्य अपमानजन्य व्यवहार सम्बन्धी कसुरको दफा १६६ उपदफा १ अनुसार जातका आधारमा निजी उपभोगको सुविधाका कुराको प्रयोग गर्नबाट बञ्चित गराउन नहुने र उपदफा २ बमोजिम कसुर गर्ने सरस्वती प्रधानलाई तीन वर्ष कैद र तीस हजार जरिवाना हुने” कानून अनुसार कार्वाही हुनुपर्ने थियो ।

तर, सरस्वती प्रधान पक्राउ परेपछि घटनालाई जातीय द्धन्द्ध गराउने र जात व्यवस्था कायम गर्ने गराउने ध्याउन्नमा लागेका कहि यथास्थितिवादी र हिन्दुवादीहरु लागेको आरोप लगाउदै दलित समुदाय आ क्रोशित भएकाछन ।

दलित समुदाय माथि यस्ता खालका घटना घट्दा सरकारवादी मु द्दा हुने कुरा कानुनले भन्छ तर असार ६ गते शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ सरस्वती लाइ प्र हरी परिसर अनामनगर पुगेर आफ्नो सरकारी गाडीमा सरस्वतीलाई चढाएर हिरासतमुक्त गराई घरमा पुर्याए पछि भने शिक्षा मन्त्रीले कानुनी राज्यको ध्वज्जी उडाको भन्दै दलित संग सरोकारवाला संघसंगठनले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग गर्दै काठमाडौं पोखरा जनकपुर लगायतका स्थनमा बिरोध कार्यक्रमहरु यसरी हुदै आएको हो ।

यस अघि पनि सयुक्त दलित राजनीति संघर्ष समितिले आन्दोलनको कार्यक्रम गरेको थियो तर प्रहरीले कार्यक्रम हुन नदिइकन तितरबितर बनाएको थियो जसपा नेपाल अन्तरगत शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिको आयोजनामा संचालित कार्यक्रममा पार्टी केन्द्रिय सदस्य तथा लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिम प्रमुख बक्ताको रूपमा थिएभने,पार्टी केन्द्रिय सदस्यकमला हेमचुरी,केन्द्रिय कृष्ण घलान, दलित बुद्धिजीवी सामाजिक अभियानता डाक्टर मित्र परियार, सुनिता मरिक डोम लगायतले जातीय विभेद विरुद्ध सबै एक भएर लाग्नुपर्ने धारणा राखेका थिए ।कार्यक्रमको अध्यक्षता पार्टी केन्द्रिय सदस्य दलमर्दन कामिले गरेका थिए ।

प्रतिक्रिया