नदी तथा खोलामा पानीको सतह बढ्दै, आज यी नदीहरुमा बाढीको जोखिम

admin

काठमाडौं, १७ असार : देशका धेरै ठाउँका नदी तथा खोलामा पानीको सतह बढ्दै गएको छ । बिहीबार कोशी, नारायणीका सहायक नदी तथा पूर्वी राप्ती र कन्काई लगायत नदीमा बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै, कमला, वाग्मती लगायत नदीमा बहाव सतर्कता तह पार गरी खतरा तहसम्म पुग्न सक्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरूमा विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ ।

बिहीबार कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य बढ्ने छ । भोटेकोशी, सुनकोशी लगायतका नदी तथा त्रिशूली, बुढीगण्डकी, कालीगण्डकी, मर्स्याङ्दी लगायत नारायणीका सहायक नदीमा पनि बहाव बढ्ने र केहीमा सतर्कता तह आसपाससम्म पुग्ने अनुमान छ ।

प्रतिक्रिया