मुग्लिङ-नारायणगढ सडक खण्ड जोखिमपूर्ण भएकोले अत्यावश्यक काम नपरि यात्रा नगर्न अनुरोध

admin

काठमाडौं, १७ असार : मुग्लिङ-नारायणगढ सडक खण्डको यात्रा जोखिमपूर्ण बनेको छ । लगातार परेको वर्षाका कारण राति यो सडक खण्डको ठाउँ ठाउँमा खसेको पहिरो हटाएर अहिले सडक खुलाए पनि पानी परिरहेकाले पहिरोको जोखिम उत्तिकै रहेको प्रहरीले जनाएको छ ।

सडकमाथिबाट ढुङ्गा खस्ने क्रम नरोकिएको र पहिरो पनि झरिरहेकाले अत्यावश्यक काम नपरि यो सडक खण्डमा यात्रा नगर्न जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीको अनुरोध छ ।

राति मुग्लिङ-नारायणगढ सडक खण्डको दुई किलो, चार किलो, पाँच किलोलगायत ठाउँ-ठाउँमा पहिरो खसेको थियो । तीन वटा डोजरको सहयोगमा पहिरो हटाएर अहिले सडक खुलाइएको छ । तर पानी परिरहेकाले लेदो बग्न छोडेको छैन । लामो समयसम्म सडक बन्द हुँदा अहिले गाडीको चाप बढेको छ ।

प्रतिक्रिया