थप ३३ जनाको ज्यान गयो, कोरोनामुक्त हुनेको संख्या ६ लाख नाघ्यो

admin

काठमाडौं, १७ असार : नेपालका कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या ६ लाख नाघेको छ । बितेको २४ घण्टामा चार हजार १७ जना निको भएसँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६ लाख एक सय ४९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय कोरोना संक्रमण निको हुनेहरू बढेसँगै सक्रिय संक्रमितको संख्या पनि घटेर ३१ हजार तीन सय ६८ मा झरेको छ । अहिले निको हुने दर ९३ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा दुई हजार सात सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सात हजार एक सय ३० नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार आठ सय ५७ र तीन हजार आठ सय ५५ जनाको एन्टिजेन परीक्षण गर्दा नौ सय तीन जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै थप ३३ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको विवरण प्राप्त भएसँगै अहिलेसम्म ज्यान गुमाउनेको संख्या नौ हजार एक सय ४५ पुगेको छ ।

प्रतिक्रिया