राष्ट्रियसभाका यी सांसद, जसलाई सरकारले खोजी–खोजी कोरोना विरुद्धको खोप लगाइदियो

admin

काठमाडौं, १७ असार : राष्ट्रियसभाको वर्षे अधिवेशनको पहिलो बैठकमा प्रतिपक्षी दलका सांसदहरुले सरकारले कोरोना खोप ल्याउन नसकेको भन्दै आलोचना गरे ।

तर जनता समाजवादी पार्टीका सांसद शेखरकुमार सिंहले राष्ट्रियसभाको बैठकमा बोल्दै सरकारले आफूलाई खोजी खोजी कोरोनाको खोप लगाइदिएको कुरा सार्वजनिक गरे ।

उनले भने– ‘म अहिले जिल्लाबाट तुरुन्तै काठमाडौं आएको छु । सरकारले खोजी खोजी कोरोनाको खोप लगाएको छ । सरकारलाई धन्यवाद पनि दिन चाहन्छु ।

मै छुटेको थिएँ, अरुको त कुरै छोडिदिनुस् मै छुटेको थिएँ । तर खोजेर आएर घरमै लगाइदियो । तर मैले भने मलाई मात्रै हो कि अरुलाई पनि हो । हैन गाउँ बस्तीमा पनि त्यस्तै गरेको देखेँ खुसी पनि लाग्यो ।’

उनले नेपालले जलश्रोतको धनी देश भनेर गर्व गर्ने गरेको बताउँदै बर्खायाममा आउने बाढी पहिरोको भवितव्य भोग्न पनि तयार हुनुपर्ने बताए ।

उनले यो पटक कोसीमा सरकारले राम्रो काम गरेका कारण बाढी नआएको समेत उल्लेख गरे । उनले कोरोना संक्रमणबाट नेपाली जनतालाई बचाउन भगवान पशुपतिनाथसँग आग्रह पनि गरे ।

प्रतिक्रिया