एम्बुलेन्समाथि पहिरो खस्यो, एक महिलाको मृत्यु

admin

काठमाडौं, १७ असार : कास्कीमा बिरामी बोकेको एम्बुलेन्समाथि पहिरो खस्दा एकजना महिलाको मृ त्यु भएको छ । मादी गाउँपालिकामा बिरामी बोकेको एम्बुलेन्समाथि पहिरो खस्दा बिरामीको मृ त्यु भएको हो ।

मादी गाउँपालिका–९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ जाँदै गरेको एम्बुलेन्समाथि पहिरो खस्दा एम्बुलेन्समा सवार बिरामी ८३ वर्षीय गोमा अधिकारीको मृ त्यु भएको प्रहरीले जनाकारी दिएको छ ।

प्र हरीकाअनुसार एम्बुलेन्स चालक सुवास अधिकारी घा इते भएका छन् । खहरे खोलामा लेदोसहितको बाढी आएर एम्बुलेन्समाथि परेपछि चालक भागेका थिए । उनी अहिले घा इते छन् । उनको अहिले पोखरामा उपचार भइरहेको छ ।

प्रतिक्रिया