चितवनमा बाढीको बितण्डा: सयौं घर, ग्याँस फ्याक्ट्री र पोल्ट्री फारम डुबानमा

admin

काठमाडौं, १७ असार : लगातारको बर्षाका कारण चितवनको अधिकांश क्षेत्र डुवानमा परेका छन् । चितवनको प्राय सबै खोलामा पानीको स्तर खतराको लेभलमा पुगेको छ । पुर्वी चितवनको टाँडी देखि पूर्वमा जाने सडक पनि केहिबेर अवरुद्ध एको थियो ।

लगातार परि रहेको पानीका कारण बुढी राप्ति खोलामा आएको पानीका कारण बाघमारामा २० घर पुर्ण रुपमा डुबानमा परेको छ । रत्ननगर—८, बाघमारामा सुकुम्बासी बस्तिमा बुढी राप्ति खोला पस्दा त्यहा फसेका सबैको उद्धार गरिएको ईलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ ।

यसैबीच जिल्ला प्रशासन कार्यालय चितवनले बाढी पहिरोको जोखिम क्षेत्रका नागरिकलाई आवश्यक सतर्कता अपनाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ । कार्यालयले बिहिबार एक सूचना जारी गरी बाढी, पहिरो, नदि कटान र डुबानको दृष्टिकोणले उच्च जोखिममा रहेका विभिन्न स्थानमा बसोबास गर्ने सर्वसाधारणलाई सुरक्षित स्थानमा रहन वा जान अनुरोध गरेको हो ।

नेकपा एमाले माधव नेपाल समूहको स्थायी कमिटी बैठकले यथास्थितिमा शुक्रबार बोलाइएको केन्द्रीय समिति बैठकमा सहभागी नहुने निर्णय गरेको छ । बिहीबार काठमाडौंमा बसेको बैठकले पार्टी अध्यक्ष केपी ओलीले शुक्रबार आह्वान गर्नुभएको बैठकमा सहभागी नहुने निर्णय गरिएको बैठकपछि नेता भीम रावलले जानकारी दिनुभयो ।

केन्द्रीय कमिटीको बैठक आवश्यक तहको सहमति तथा स्थायी कमिटीबाट बोलाउनुपर्ने भन्दै त्यसो नगरिएको भन्दै बैठकमा सहभागी नहुने निर्णय गरिएको रावलले जानकारी दिनुभयो ।

बैठकले पार्टी एकताका लागि आह्वान समेत गरेको छ । उहाले एमालेलाई ९ औं महाधिवेशनको मार्गनिर्देशन अनुसार चलाउनका लागि आफुहरुले पहल गरिरहेको तर पार्टीको बिधि बिधान बिपरित महाधिवेशन आयोजक समितिले बोलाएको बैठक नै अवैध रहेको बैठकले निष्कर्ष निकालेको जानकारी दिनुभयो । रावलले महाधिवशेन आयोजक कमिटीलाई नै केन्द्रीय कमिटीमा रुपान्तर गरिनुपनि पार्टी बिधि बिपरित रहेको र ९ औं महाधिवेशनको पछि कै अवस्थामा लैजानुपर्छ भन्ने आफुहरुको माग रहेको जिकिर गर्नुभयो ।

ओली पक्षले बुधबार आफूले गठन गरेको १० औँ महाधिवेशन आयोजक कमिटी भंग गर्दै त्यसलाई केन्द्रीय कमिटीमा रुपन्तारण गरेको थियो । जसमा पूर्व माओवादीका २० जनालाई केन्द्रीय सदस्य बनाइएको छ। त्यसमा माधव समूहले आपत्ति जनाएको छ ।

प्रतिक्रिया