ट्रकमाथि पहिरो खस्यो, त्रिशुलीले स्काभेटर नै बगायो

admin

काठमाडाैं, १८ असार : पहिरोका कारण अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडकखण्डको जाममा फसेको ट्रकमाथि नै पहिरो खसेको छ। उक्त सडकखण्ड अन्तर्गत ईच्छाकामना गाउँपालिका ६ जलविरे नजिकै जाममा लामवद्ध रुपमा रोकिराखेको ट्रकमाथि आज बिहान करिब ७ बजेतिर पहिरो खसेको हो।

यस्तै धादिङको गजुरी गाउँपालिकास्थित घाटबेसीमा त्रिशुली नदीले स्काभेटर बगाएको छ। यस्तै बेनिघाट रोराङ ३ जरेफाँटमा मलेखु खोलाले टिपर बगाएको छ।

घाटबेसीमा बन्दै गरेको पक्की पुलमुनि केही महिनादेखि निरन्तर त्रिशुलीको बीचमा बालुवाको थुप्रो बनाई राखिएको स्काभेटर र जरेफाँटमा रोकिराखेको ह्वासिन सिमेन्ट उद्योग निमार्ण कम्पनीको टिपर मलेखु खोलाले बगाएको हो।

प्रतिक्रिया