वामदेव गौतम केन्द्रीय कमिटी बैठकमा भाग लिन बालुवाटारमा, खनाल-नेपाल समूह सहभागी नहुने

admin

काठमाडौं, १८ असार : नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम पार्टीको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन बालुवाटार पुगेका छन् । गएको पुस ५ गते नेकपा विभाजन भएपछि गौतमले पार्टी एकता अभियान चलाउँदै आएका थिए ।

सर्वोच्चले एमाले र माओवादी ब्युँताएपछि पनि उनले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति आलोचना गर्दै एकता अभियानलाई नै निरन्तरता दिँदै आएका छन् । खनाल-नेपाल समूहले भने शुक्रबारको बैठक स्थगित गरी सहमतिको लागि छलफल गर्न माग गरेको छ ।

खनाल-नेपाल समूहको बिहीबार बसेको बैठकले केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय गरेको थियो । खनाल–नेपाल समूहले एमाले र माओवादी केन्द्रको एकता हुनुभन्दा अगाडिको केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै आए पनि अध्यक्ष केपी शर्मा ओलीले पूर्वमाओवादीका नेताहरूलाई समेटेर केन्द्रीय कमिटी बनाएकाले बैठकमा सहभागी नहुने नेता माधवकुमार नेपालले बताएका छन् ।

प्रतिक्रिया