आज यी नदीमा पानीको बहाव बढ्न सक्ने हुँदा सावधानी अपनाउन अनुरोध

admin

काठमाडौं, १८ असार : शुक्रबार कोशी, नारायणी र यसका सहायक नदीहरुमा पानीको बहाव बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रमा बस्नेहरुले विशेष सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । यी नदीहरुमा पानीको बहाव सतर्कता तहसम्म पुग्न सक्ने पूर्वानुमान गरिएको छ । शुक्रबार कमला, वाग्मती, पूर्वी राप्ती लगायतका नदीमा पनि बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ ।

यस्तै शुक्रबार प्रदेश-१ को इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, तेह्रथुम, धनकुटा, ओखलढुङ्गा, प्रदेश-२ को बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, वाग्मती प्रदेशको काठमाण्डौ, धादिङ, मकवानपुर, चितवन, सिन्धुली, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, गण्डकी प्रदेशको गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, म्याग्दी, पर्वत, बाग्लुङ, नवलपुर, लुम्बिनी प्रदेशको परासी, पाल्पा, गुल्मी र अर्घाखाँचीका केही नदीमा बाढी आउन सक्ने अनुमान छ ।

प्रतिक्रिया