लुम्बिनी प्रदेश : राज्यमन्त्री सुमन शर्माद्वारा राजीनामा

admin

रुपन्देही, १८ असार : लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी पार्टी नेपालबाट भौतिक पूर्वाधार विकास राज्यमन्त्री भएकी सुमन शर्मा रायमाझीले राजीनामा दिएकी छिन् । उनले मुख्यमन्त्री शंकर पोखरेलसमक्ष शुक्रबार राजीनामा बुझाएकी हुन् ।

सरकारलाई जसपाको समर्थन र सहयोग नरहेको हुनाले सरकारमा रही निरन्तरता दिन नसक्ने राज्यमन्त्री रायमाझीले राजीनामा पत्रमा उल्लेख गरेकी छिन् । उनले बुझाएको राजीनामा पत्रमा भनिएको छ, नेपालको संविधानको धारा १६९ को २ बमोजिम आजको मितिबाट लागु हुने गरि मैले मेरो मन्त्री पदबाट राजीनामा गरेको छु ।’ लुम्बिनी प्रदेश सरकारमा ६ सांसद रहेको जसपाका चार सांसद मन्त्री बनेका थिए ।

प्रतिक्रिया