एमालेद्वारा देउवा पक्षमा गरेको हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन निर्देशन

admin

काठमाडौं, १८ असार : नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी केन्द्रीय कमिटीमा रूपान्तरण भएपछिको पहिलो बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन २३ सदस्यलाई निर्देशन दिएको छ ।

तर बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूह भने उपस्थित भएको छैन । वरिष्ठ नेता झलनाथ खनाल उपचारका लागि भारतमा छन् । उपाध्यक्ष वामदेव गौतम भने बैठकमा उपस्थित भएका छन् । खनाल-नेपाल समूहको बिहीबार बसेको बैठकले केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय गरेको थियो ।

सर्वोच्च अदालतको गएको फागुन २३ गतेको फैसलाबाट एमाले र माओवादी एकताअघिको अवस्थामा पुगेपछि एमालेको फागुन २८ गतेको केन्द्रीय कमिटीको बैठकले आयोजक कमिटी गठन गरेकामा नेता नेपाल समूहले असन्तुष्टि जनाउँदै आएको थियो ।

प्रतिक्रिया