घर भत्किएर थिच्दा एक किशोरको ज्यान गयो

admin

खोटाङ, १८ असार :  खोटाङमा पुरानो घर भत्किएर थिच्दा शुक्रवार एक किशोरको ज्यान गएको छ ।

पुरानो घर भत्किएर थिच्दा हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ८ धितुङका रमेश सार्कीका १४ वर्षीय छोरा राजकुमार सार्कीको ज्यान गएको जिल्ला प्र हरी कार्यालय खोटाङले जनाएको छ ।

बसोबास गर्न छाडिसकिएको घरभित्र पसेर खेल्ने क्रममा भत्किएर थिच्दा १४ वर्षीय किशोरको घट्ना स्थलमै ज्यान गएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताउनुभयो । उनीसँगै खेल्न गएका दुई बालकले भने भागेर ज्यान बचाएका छन् ।

प्रतिक्रिया