नेपालमा २ हजार ३२८ संक्रमित थपिए, १९ को मृत्यु

admin

काठमाडाैं, असार १९ : नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ३२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ५ हजार ८३७ जनाको पीसीआर परीक्षण र ४ हजार २९६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २ हजार ३२८ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो ।

पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेनसहित १० हजार १३३ नमुना परीक्षण गरिएको छ । यो सहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ६ लाख ८१ हजार १३६ पुगेको छ ।

जसमा पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ४३ हजार ५८० मा पोजेटिभ देखिएको छ भने एन्टिजेन परीक्षणमा ३७ हजार ५५६ मा पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा १९ जना कोरोना संक्रमितको मृ त्यु भएको जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ९ हजार १९८ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया