प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा सभामुखका तर्फबाट बहस सुरु

admin

काठमाडौं, २० असार : सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनसम्बन्धी रिट निवेदनमा समाभुखका तर्फबाट बहस सुरु भएको छ । सभामुखका तर्फबाट बहस गर्ने कानुन व्यवसायीका लागि एक घण्टाको समय छुट्याइएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा शुक्रबार सरकारी पक्षको बहस सकिएपछि आइतबार समाभुखका तर्फबाट अधिवक्ता मेघराज पोखरेलले बहस सुरु गरेका हुन् ।

उनका तर्फबाट वरिष्ठ अधिवक्ता श्यामप्रसाद खरेल, लवप्रसाद मैनाली, उपेन्द्रकेशरी न्यौपाने र अधिवक्ता श्रीकृष्ण सुवेदीले बहस गर्नेछन् । त्यसपछि रिट निवेदकका तर्फबाट जवाफी बहस हुनेछ । त्यसका लागि तीन घण्टाको समय तोकिएको छ । अनि अदालतका सहयोगीको पालो आउनेछ । त्यसका लागि दुई घण्टाको समय निर्धारण गरिएको छ ।

सोमबार सम्पूर्ण बहस सकिनेछ । यस विवादमा ३० रिट निवेदन परेका थिए । गएको जेठ ८ गते मन्त्रिपरिषद्का सिफारिसमा प्रतिनिधि सभा विघटन गरी आउँदो कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपतिको त्यही दिनको निर्णय बदर गरेर असंवैधानिक र गैरकानुनी घोषणा गर्ने माग ती निवेदनमा गरिएको छ ।

प्रतिक्रिया